काठमाडौ- एनआरएनए आईसीसी सल्लाहकार हरिवोल भण्डारीले एनआरएनएको निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो समर्थन कुल आचार्यलाई हुने वताएका छन् । मेरो कुल आचार्यको अध्यक्ष पदमा जितका लागि पुर्ण सहयोग र समर्थन रहने छ काठमाडौंमा आयोजित आचार्यको उम्मेदवार घोेषणा सभामा भण्डारीले भने ।
भण्डारी २ बर्ष अघिको निर्वाचनमा कुलको पोस्टर भिरेर निर्वाचन स्थलमा देखिएका थिए । तर, त्यसवेला उनलाई कुललाई सहयोग नगरेको आरोप भने छ । कुल आचार्यसंगै मञ्चमा वसेर उहांलाई एनआरएनए आईसीसीको आउने कार्यकालका लागि अध्यक्ष पदमा समर्थन र्गन पाउंदा खुशी लागेको छ ।
कार्यक्रममा भण्डारीले एनआरएनए नागरिकताको मुद्दा छिटो टुंग्याउन आग्रह गरे । एनआरएनए नागरिकताको मुद्दा कुलजीले जितेको तिन महिना भित्र टुंग्याउनु पर्ने उनले आग्रह गरे यसका लागि मेरो सवै साथ र सहयोग हुने छ ।
एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो, यदी यो संस्थाको वारेमा परराष्ट्रले चासो राख्यो भने राजनीति भएको भन्ने भण्डारीले भन्ने यो कुरा कति सम्म सही छ यसमा केही साथिहरुले कांग्रेर पार्टी र सरकारलाई पनि गाली गरेका छन् यो गलत हो ।
हामीले आफ्नो समस्या समाधान नगर्ने, आफुले राम्रोसंग काम नगर्ने अनि सम्वद्ध संस्थाले चासो राख्यो राजनीति भयो भन्ने भण्डारीले प्रश्न गरे ।
यो परराष्ट्रमा गएको मुद्दालाई बर्तमान कार्यसमितिले जिम्मेवार भएर सल्टाउनु पर्ने भण्डारीले वताए । चुनाव विवादरहित रुपमा हुनुपर्ने भण्डारीले वताए ।
प्रतिक्रिया