मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार १६४० जना सङ्क्रमित थपिए, १० जनाको मृत्यु

बुधबार १६४० जना सङ्क्रमित थपिए, १० जनाको मृत्यु


काठमाडौँ । देशभर आज एक  हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
 
सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७ छन् । आज दुई हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । 
 
सो अवधिमा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस  

शेयर गर्नुहोस:

108
Shares