मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार १२६८ जनामा कोरोना सङ्क्रमण, नौ व्यक्तिको निधन

शनिबार १२६८ जनामा कोरोना सङ्क्रमण, नौ व्यक्तिको निधन


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शनिबार एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घन्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् ।
 
दुई हजार १९५ निको
 
सङ्क्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।
 
नौ जनाको निधन
 
सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घन्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
 
यस्तै, ५५४ जना सघन उपचारकक्ष (आइसियू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रासस
 

शेयर गर्नुहोस:

0
Shares