मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार २००४ सङ्क्रमित थपिए, १६ जनाको निधन

बिहीबार २००४ सङ्क्रमित थपिए, १६ जनाको निधन


काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन दुई हजार चार जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घन्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन् ।
 
सङ्क्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भई घर फर्किएका हुन् । बुधबारको तुलनामा निको हुने दर बढेको छ । हिजो ९४.१ प्रतिशत निको हुने दर रहेकामा बढेर ९४।२ प्रतिशत पुगेको छ । 
 
यस्तै, सङ्क्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । बुधबारभन्दा आज निधन हुनेको सङ्ख्यामा कमी आएको हो । हिजो २० जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ७८६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३।५ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 
 
यस्तै, ५४४ जना सघन उपचार कक्ष, १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ होम आइसोलेसन,  दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । ५०० भन्दाबढी सङ्क्रमित हुने जिल्ला १९ वटा रहेका छन् । आज एक लाख १७ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रासस

शेयर गर्नुहोस:

81
Shares