मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार २०६५ जनामा कोरोना सङ्क्रमण, २५ जनाको मृत्यु

शुक्रबार २०६५ जनामा कोरोना सङ्क्रमण, २५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शुक्रबार एकै दिन २०६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो ।
 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३७ हजार ५९९ रहेका छन् । त्यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा एक हजार ३३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० निको भई घर फर्किएका हुन् । 
 
सङ्क्रमणबाट विगत २४ घन्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६६३ को सङ्क्रमणबाट निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३५९.४ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । 
 
यस्तै, ६२२ सघन उपचार कक्ष (आइसियू), १७१ भेन्टिलेटर, ३४ हजार ६७३ होम आइसोलेसन, दुई हजार ९२३ संस्थागत आइसोलेसन र ३३७ सङ्क्रमित क्वारेन्टिनमा छन् । एकैदिन आज एक लाख ७९ हजार ८६५ ले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । 
 
अहिलेसम्म ५० लाख ६३ हजार ५२२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

135
Shares