मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने

तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने


काठमाडौँ । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

Advertisement

सरकारले अतिकम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एसिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअलरूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरण मैनहिया–सम्पत्तिया र बुर्तिबाङ पौदी–अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर बायाँ नौ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट कपिलवस्तु निवासी डा शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने निर्णय गरेको उनले बताए ।

यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई तथा नेपाल कानुन आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ । रासस

शेयर गर्नुहोस:

216
Shares