मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थपिए २४८२ संक्रमित, ४४ जनाको मृत्यु

बुधबार थपिए २४८२ संक्रमित, ४४ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घन्टामा २४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
 
सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख तीन हजार ९६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ५ प्रतिशत छ ।
 
हालसम्म नेपालमा ४३ लाख चार हजार ६७२ जनाको कोरोना परीक्षण भएकामा आठ लाख ३४ हजार ४५० मा सङ्क्रमण देखिएको छ । हालसम्म सात लाख तीन हजार ९६४ सङ्क्रमणमुक्त  भएको मन्त्रालयले जानकारी गराएको छ ।   
 
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २८७ रहेको छ । होम आइसोलेसनमा ३५ हजार २५० छन् भने  संस्थागत आइसोलेसनमा तीन हजार ३७ छन् । देशभर ६१० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ ।  
 
सो अवधिमा काठमाडौँ उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

216
Shares