नेपाल

मंगलबार थप ४९०४ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

मंगलबार थप ४९०४ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । 
 
तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
 
त्यस्तै पछिल्लो २४ घन्टामा थप दुई हजार ११५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७३ हजार १९८ पुगेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.४ प्रतिशत छ । 
 
यस्तै पछिल्लो २४ घन्टामा ३५ जनाको निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार १५० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३३२ जना रहेका छन् । 
 
त्यस्तै ३३ हजार ९८५ जना होम आइसोलेसनमा, तीन हजार ३४७ संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टिनमा रहेका छन् । 
 
कोरोना सङ्क्रमितमध्ये ७६१ जना सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको छ भने १७६ जना भेन्टिलेटरमा राखी उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । रासस