मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शनिबार थपिए ३२१८ सङ्क्रमित, २७२२ निको, १९ जनाको मृत्यु

शनिबार थपिए ३२१८ सङ्क्रमित, २७२२ निको, १९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना परीक्षणमा शनिबार थप ३२१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
यस्तै, पछिल्लो २४ घन्टामा १७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३.६ प्रतिशत  छ । 
 
यस्तै, पछिल्लो २४ घन्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणका कारण मृत्यु हुने दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।
 
यसैगरी ७४६ जना सघन उपचारकक्ष (आइसियू) र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३२ हजार २७ जना होमआइसोलेसन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घन्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
 
यसैबीच, काठमाडौँ उपत्यकामा शनिबार थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । 
 
अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए । शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङक्रमित थपिएका थिए । नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

54
Shares