काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । विगत २४ घन्टामा कोभिडका कारण ३५ जनाको निधन भएसँगै हालसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।
नेपालमा शुक्रबार एकैदिन ३७२९ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो ।
शुक्रबार थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् ।
यस्तै, काठमाडौँ उपत्यकामा ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, विगत २४ घन्टामा १८८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ६५ हजार ५४८ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ ।
यसैगरी ७३२ जना सघन उपचार कक्ष (आइसियू), १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै, ३१ हजार ४२७ जना होमआइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घन्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया