काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार ६११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ७८३ पिसिआर परीक्षणमा दुई हजार ४६७ र चार हजार ८७८ एन्टिजेन परीक्षणमा एक हजार १४५ जना गरी कुल तीन हजार ६११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६० हजार ५२४ रहेको छ ।
पछिल्लो २४ घन्टामा थप १ हजार ८१६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५२ हजार २६१ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा २७ हजार ८२० जना होम आइसोलेसन, तीन हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ६८६ जना आइसियू र १६१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना छन् ।
नेपालमा कोरोना सङ्क्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९८३४ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घन्टामा काठमाडौँमा सबैभन्दा बढी ५५६, कास्कीमा ३३३, ललितपुरमा १८७, भक्तपुरमा ७६ र सुनसरीमा १७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस







प्रतिक्रिया