मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । 
 
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले बिहीबार विज्ञप्ति जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पु¥याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।  
 
“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”,  अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 
घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसंघले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । रासस