मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थपिए ३८९९ संक्रमित, १७७८ डिस्चार्ज, २२ जनाको निधन

मंगलबार थपिए ३८९९ संक्रमित, १७७८ डिस्चार्ज, २२ जनाको निधन


काठमाडौँ । नेपालमा मंगलबार ३८९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार १७ हजार ५१८ जनाको परीक्षण गर्दा ३८९९ मा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो । 
 
सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ । 
 
यसैगरी काठमाडौँ उपत्यकामा आज मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् । 
 
सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४।४ प्रतिशत रहेको छ । 
 
यसैगरी सङ्क्रमणबाट आज २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । 
 
यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियू) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेसनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेसनमा दुई हजार ८९८ जना छन् । रासस

शेयर गर्नुहोस:

0
Shares