मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप दुई हजार ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप दुई हजार ४४५ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । नेपालमा थप दुई हजार ४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ । 
 
थप सात हजार ८३३ जनाको पिसीआर परीक्षण तथा तीन हजार ८३१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसीआर विधिबाट एक हजार ६४२ तथा एन्टिजेनबाट ८०३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।     
 
हालसम्म ६ लाख ३३ हजार ३३२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 
 
काठमाडौँ उपत्यकामा ४७४ सङ्क्रमित थपिए 
 
काठमाडौँ उपत्यकामा पछिल्लो समय ४७४ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
कोरोनाबाट थप ३२ सङ्क्रमितको मृत्यु    
 
पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

108
Shares