मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप दुई हजार ६७६ जनामा कोरोना पुष्टि

थप दुई हजार ६७६ जनामा कोरोना पुष्टि


काठमाडौँ । पछिल्लो २४ घन्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ७८२ र ८९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
 
यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार ४६३ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 
नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार ४६८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

81
Shares