मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

ओली समूह आक्रामक : नेता नेपालको घर घेर्ने योजना असफल

ओली समूह आक्रामक : नेता नेपालको घर घेर्ने योजना असफल


काठमाडौँ । नेकपा एमालेको विवाद झनै चर्किंदै गएको छ । पार्टीका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको आक्रामक भाषण गरेपछि ओली समूहका युवाहरुले नेपालको घर घेर्न लागेका थिए ।
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट जाँदा जुलुस निकालेका युवाहरूले नेपालको घर घेर्ने योजनाका साथ तयारी गरेपछि व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको थियो । ओलीलाई बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारीमा लागेका थिए ।
 
तर, उनीहरूको योजनालाई सुरक्षाकर्मीले सफल हुन दिएन । माधव नेपालको घरतर्फ जान लागेको जत्थालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
 
पार्टीमा विवाद समाधान भएको भन्दै १० बुँदे सहमति गरेपछि पनि बुधबार बालकोटबाट ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको भन्दै आक्रोश पोखेका थिए । 
 
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला सुनाएपछि नेता नेपालले ओली युग समाप्त भएको टिप्पणी गरेका थिए । 
 
सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको भन्दै सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको भन्दै सर्वोच्चको फैसला स्वागतयोग्य रहेको नेता नेपालले प्रतिक्रिया दिएका थिए ।