काठमाडौँ । निर्वाचन आयोगले संवैधानिक तथा कानुनी शर्त पूरा गरेर दर्ता भएको नेकपा (माओवादी केन्द्र) को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानुनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको निवेदनउपर केही गरिरहन परेन भनी निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
पूर्वमाओवादी नेताको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले (माओवादी केन्द्र)ले लामो समयदेखि महाधिवेशन नगरेको जनाउँदै वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए ।
भविश्वर पराजुलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष आफू नै रहेकाले वैधानिकता प्रदान गर्न भनी दिएको निवेदनका सम्बन्धमा आयोगले अन्य राजनीतिक दलको प्लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेकामा सचेत गराउँदै आयोगमा अभिलेखीकरण गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । रासस
प्रतिक्रिया