मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्काउट गाइड फेलोसिपको विभिन्न प्रस्तावमाथि छलफल

स्काउट गाइड फेलोसिपको विभिन्न प्रस्तावमाथि छलफल


चितवन । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका उपाध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षतामा सम्पन्न पूर्ण बैठकले आगामी दिनमा गर्नुपर्ने स्काउट फेलोसिपका प्रस्तावहरुमाथि अन्तक्र्रिया एवं छलफल गरिएको छ ।  
 
बैठकमा विभिन्न प्रस्तावहरुमाथि छलफल गर्दै वर्तमान कोभिड–१९ को संकटको अवस्था र संस्थाले गर्नुपर्ने दायित्वका विषयमा महत्त्वपूर्ण सुझावहरु संकलन गरिएको छ । जसअनुसार असारमा आएको बाढीपहिरो पीडितका लागि सक्दो सहयोग गर्ने र सहयोग जुटाउन सक्रिय रहने निर्णय गरिएको छ । 
 

संस्थाका सदस्यता साउन मसान्तभित्र नवीकरण गर्नुपर्ने भएकाले सोको जिम्मा सदस्य दिनेश पाण्डेलाई दिने निर्णय गरिएको छ । संस्थाको बैठक तथा नियमित कार्यक्रमका लागि संस्थाका वरिष्ठ सदस्य एवं होटल स्टार व्याङ्वेटका सञ्चालक भेषराज दुवाडीले एउटा कोठा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । 

 
यस्तै, असोजमा हुने अधिवेशनका लागि आर्थिक प्रतिवेदन कोषाध्यक्ष बाबुकाजी डंगोल, भावी कार्यक्रम उपसभापति शिवकुमार पौडेल र अन्तर्राष्ट्रिय कार्यक्रम अन्तर्राष्ट्रिय सचिव ललितराम श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरियो । 
 
सन् २०२२ को फेब्रअरी २२ देखि २७ तारिखसम्म युरोपको स्पेनमा हुने २९औँ विश्वसम्मेलनमा नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालका सभापति श्रीराम लामिछानेको नेतृत्वमा आर्थिक संयोजक चित्रबहादुर भण्डारी, मधु भट्टराई, पुष्प श्रेष्ठ, कविता घिमिरे, दिनेश पाण्डे, भेषराज दुवाडी, अमर पराजुली, ईश्वर गुरूङ र पूर्ण महर्जनसहित १२ जनाको टोलीले भाग लिने निर्णय गरियो । 
 
संस्थाका सदस्य रामजी अधिकारीको निधनको शोक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको उपाध्यक्ष तीर्थराज न्यौपानेले जानकारी दिए । 

 

Advertisement

शेयर गर्नुहोस:

837
Shares