मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बुधबार थप २९७९ जनामा संक्रमण पुष्टि, २८ जनाको मृत्यु

नेपालमा बुधबार थप २९७९ जनामा संक्रमण पुष्टि, २८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमुना परीक्षण गर्दा २९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा देशभर ७८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २०७७ जनामा र ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
 
पछिल्लो २४ घन्टामा १३३३ संक्रमित सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन्। यस्तै, ५७१ आइसियूमा र १६१ जनाको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । 
 
नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ पुगेको छ । देशभर ३३ लाख ९१ हजार ३७९ ननुनाको पिसिआर परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ३२३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ रहेको छ । 
 
यसैबीच, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा ५४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

शेयर गर्नुहोस:

54
Shares