मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थपिए २२९९ संक्रमित, निको हुने दर ९४ प्रतिशत

नेपालमा थपिए २२९९ संक्रमित, निको हुने दर ९४ प्रतिशत


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २२९९ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा छ हजार ५६६ जनाको पिसिआर तथा चार हजार ३० जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ३९१ र ९०८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
 
सोही अवधिमा देशभर ३४ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार १७९ जना सङ्क्रमितको मृत्यु भएको छ । 
 
त्यस्तै साृेही अवधिमा देशभर तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । 
 
हालसम्म ६ लाख तीन हजार ६०० सङ्क्रमित निको भइसकेको जनाइएको छ । हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार २७४ जना रहेको मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares