मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सभामुख सापकोटाद्वारा जोखिम बस्ती स्थानान्तरण गर्न माग

सभामुख सापकोटाद्वारा जोखिम बस्ती स्थानान्तरण गर्न माग


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनीकरण एवम् जोखिममा परेका स्थानीयवासीको सुरक्षित स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका छन् ।   
 
 गएरातिको अविरल वर्षात्ले भोटेकेशी गाउँपालिकास्थित सो क्षेत्रको अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पु¥याएको थियो । उनले टेलिफोन मार्फत् जोखिममा परेका स्थानीबासीको उद्धार, सुरक्षित बसोबास एवम् बन्द सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएका हुन् ।  
 
यसपछि आज नै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । सो अवसरमा महानिर्देशक थापाले  केही दिनभित्रै सडक सुचारु गरिने जानकारी दिए । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तर्गतका सडक ठाउँ ठाउँमा भासिएको छ । रासस