मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाँच हजार सङ्क्रमित थपिए, साढे छ हजार निको, १०८ जनाको निधन

पाँच हजार सङ्क्रमित थपिए, साढे छ हजार निको, १०८ जनाको निधन


काठमाडौँ । मुलुकभरि पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा सङ्क्रमण देखिएको छ ।  
 
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ । नेपालमा पिसिआर परीक्षण गरेकामध्ये सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ । 
 
यस्तै आज छ हजार ५७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४।७ प्रतिशत रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या पाँच लाख चार हजार ५३० पुगेको छ । 
 
 
१०८ जनाको निधन
 
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १०८ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९८ पुगेको छ । नेपालमा प्रति दश लाखमा २७७।९ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ । 
 
१३२१ आइसियु र ३७२ भेन्टिलेटरमा 
 
यसैगरी कोरोना भाइरस सङ्क्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष ९आइसियु० र ३७२ जना भेन्टिलेटरमा छन् । आइसियुमा प्रदेश नं। १ मा २०२, प्रदेश नं। २ मा ७२,  वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् । 
 
त्यस्तै भेन्टिलेटरमा प्रदेश नं। १ मा ३४, प्रदेश नं २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् । रासस

शेयर गर्नुहोस:

27
Shares