मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठेक्कापट्टाका नाममा अनियमिता र दायाँबायाँको गुञ्जायस छैन : प्रधानसेनापति

ठेक्कापट्टाका नाममा अनियमिता र दायाँबायाँको गुञ्जायस छैन : प्रधानसेनापति


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको बताएका छन् । 
 
नेपाली सेनाको नेतृत्व संहालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार भेटघाटमा उनले घोषणा गरेका कार्यक्रम कार्यन्वयनका लागि गरिएको प्रतिबद्धता, लिएको सङ्कल्प र अठोटको कसीबाट मूल्याङ्कन गरिंदा सन्तोष लिने धेरै ठाउँ रहेको स्पष्ट गरे ।
 
 उनले भने, “सैनिक ऐनको मस्यौदा तयार, प्रतिरक्षा विश्वविद्यालय स्थापना, सङ्गठनको तीन प्लस वान  कमाण्ड अवधारणा, सिपाहीको १६ वर्षमा पेन्सन हुने व्यवस्था र सङ्गठन पुर्नसरचना योजनाजस्ता महत्त्वपूर्ण एवं  दूरगामी कार्यक्रम अघि बढेको छ ।” 
 
प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसँग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।
 
 प्रधानसेनापतिमा २०७५ भदौ २४ गते तीन वर्षे कार्यकालका लागि नियुक्ति पाएका थापाको कार्यकाल आगामी भदौ २३ गतेम्म रहेपनि आजैदेखि नेतृत्व हस्तान्तरण प्रकृयाको विन्दु प्रारम्भ गरेको जानकारी दिए । प्रधानसेनापति थापाले सकल दर्जालाई एक हजार दिन पुगेको उपलक्ष्यमा सम्बोधन गर्दै अब आफू नेतृत्व हस्तान्तरण प्रकृया विन्दुको चरणमा पुगेको जानकारी गराएका थिए । 
 
 सङ्गठनको ओज र गरिमा बढाउन आफूले चालेका विधि, प्रकृया, प्रणाली र पद्दति पूर्ण कार्यान्वयन भएसँगै सेनाको शान, मान र सम्मान स्वतः स्थापित हुने बताउँदै प्रधानसेनापति थापाले मातृधर्मलाई आत्मसात् गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिलेको हो भने । उनले भने, “सङ्गठनभित्र आउने जस्तो सुकै समस्या विधि र प्रणालीका आधारमा समाधान खोज्ने नेतृत्वमा अठोट हुनुपर्छ ।”
 
एक प्रश्नको जवाफमा उनले कोरोना नियन्त्रणका लागि सम्पूर्ण तह र तप्काबाट सामूहिक भावना र पहल हुनुपर्छ, आवश्यकता अनुसार रणनीतिलाई पुनरावलोकन गर्दै अघि बढनुपर्नेमा जोड दिए । 
 
सञ्चारकर्मीको जिज्ञासामा प्रधानसेनापति थापाले सैनिक सङ्गठनभित्र ठेक्कापट्टाका नाममा अनियमित र दायाँवायाँको कुनै सम्भावना र गुन्जायसको अवस्था नरहेको स्पष्ट पारे । 
 
प्रधानसेनापति थापाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण प्रतिकार्यमा विशेष योगदान पु¥याएका दुई हजार १०९ जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका थिए । रासस

शेयर गर्नुहोस:

0
Shares