मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने


काठमाडौँ । नेपाललाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए ।  
 
कुन र कति मात्रा खोप दिने भन्ने विज्ञप्तिमा भएको छैन । “कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ । यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ । साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौंँ ”, विज्ञप्तिमा भनिएको छ ।   
  
यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 

शेयर गर्नुहोस:

0
Shares