मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको चुनाव रोक्न मुद्दा

एनआरएनए अमेरिकाको चुनाव रोक्न मुद्दा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ । निर्वाचन तयारी अन्तिम चरणमा पुगेका वेला सुर्य लम्सालले टेनिसी राज्य स्थित डेभियसन काउन्सी अदालतमा मुद्दा दायर गरेका हुन् । 
 
एनआरएनए अमेरिकाले भने यसलाई भत्सर्ना गरेको छ । व्यक्तिगत स्वार्थ र कुण्ठाको भरमा सम्मानित सस्थालाई विवादमा पार्न उद्दत यस्ता कार्यको भत्सर्ना गर्दछौं एनआरएनए अमेरिकाको विज्ञप्तिमा भनिएको छ । 
 
संस्थालाई अप्ठ्यारोमा पार्ने गरी यो मुद्दा हाल्ने कागजातहरु उपलव्ध गराउन आईसीसी महासचिव डा.हेमराज शर्मा लगायत आईसीसी र एनसीसीका जिम्मेवार पदाधिकारीले संलग्न रहेको स्रोतले वताएको छ । 
 
यसरी मुद्दा हाल्न सहयोग पुग्ने गरी गोप्य डकुमेण्ट दिने पदाधिकारीलाई कारवाही गर्ने सम्मको कुरा उठेको छ । 
 
टेनेसी अदालतमा विहिवार मुद्दाको प्रारम्भिक सुनुवाई हुदैं छ । आजै चुनाव नियमित हुने कि रोकिने भन्ने निर्णय हुने छ ।  अदालतले अन्तरिम आदेश दिएन भने चुनाव यथावत हुने छ । अन्तरिम आदेश दिए चुनाव रोकिने छ । 
 
सुर्य लम्सालले यो निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । तर, यस अघि मुद्दा हालेका आधारमा उनलाई पदका लागि अयोग्य ठहर गरिएको छ । 
 
संस्थाको विधानमा मुद्दा हाल्ने व्यक्ति उम्मेदवार हुन नपाइने उल्लेख छ । तर, यो विद्यान संशोधन प्रकृया अनुसार एनआरएनए बोर्डवाट स्विकृत भएर गएको थिएन । यो डकुमेण्ट लम्साल पक्षका वकिलले अदालतमा राखेका छन् । 
 
एनआरएनए अमेरिकाका वकिलले विहिवार आफ्नो तर्फवाट तर्कहरु राख्ने छन् । एनआरएनए अमेरिका भने नियमित चुनावी प्रकृया अगाडी वढाउने भन्ने पक्षमा छ । 
 
एनआरएनए अमेरिकाको चुनावी प्रकृया निकै अगाडी वढिकसेको छ । करिव ४०० जना उम्मेदवार छन् । चुनावी प्रकृृयामा व्यापक समय र खर्च पनि भईसकेको छ । करिव २० हजार सदश्य रहेको एनआरएनए अमेरिका सवैभन्दा ठुलो एनसीसी पनि हो । 

यो पनि पढ्नु होला >>एनआरएनए अमेरिका चुनाव विवाद अदालतले निर्वाचन रोकेन