काठमाडौँ । नेपालमा बुधबार ६७१६ जना कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला बुधबार सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस्तै, ६७१४ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा ६६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १४९३ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घन्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृत्यु हुनेको कुल संख्या ६८४५ पुगेको छ ।
प्रतिक्रिया