मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ : वरिष्ठ नेता पौडेल

नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ : वरिष्ठ नेता पौडेल


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् । 
 
नेता पौडेलले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घन्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नु संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।  
 
“एकाएक २४ घन्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन”, नेता पौडेलले भने । 
 
उनले वर्तमान अवस्थामा सम्पूर्ण राजनीतिक दललाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न आग्रहसमेत गरेका छन् । 

शेयर गर्नुहोस:

162
Shares