मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस

नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ ।  
 
कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ । 
 
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् । 
 
उनले तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेको कांग्रेस संसदीय कार्यालयले जनाएको छ ।