मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

सुर्य लम्सालको उम्मेदवारीका विषयमा वकिलसंग परामर्श लिदैं निर्वाचन समिति

सुर्य लम्सालको उम्मेदवारीका विषयमा वकिलसंग परामर्श लिदैं निर्वाचन समिति


शेयर गर्नुहोस:

5.2k
Shares

  • change font
  • change font
  • change font

अमेरिकमा- एनआरएनए एनसीसी अमेरिकामा  अध्यक्ष पदका लागि उम्मेदवारी  दिएका सुर्य (साल) लम्साल माथि चुनाव लड्न अयोग्य भन्ने उजुरी परेपछि यो विषय पेंचिलो वन्न पुगेको छ ।  

अध्यक्षकै अर्का प्रत्यासी तिलक केसीले निर्वाचन समितिमा लम्सालको उम्मेदवारी विरुद्ध उजुरी हालेका थिए ।  गत बर्ष अध्यक्ष पदमा चुनाव हारेका लम्सालले यस पटक पनि उक्त पदमा उम्मेदवारी दिएपछि उनको उम्मेदवारी कायम हुने नहुने विषयमा प्रश्न उठेका थिए ।  गत निर्वाचनमा नियतवश हराईएको भन्दै एनआरएनए अमेरिका, तत्कालिन निर्वाचन समिति विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।  
 
एनआरएनए अमेरिकाको विधानमा संस्था विरुद्ध अदालतमा मुद्दा दायर गर्ने चुनावमा उठ्न अयोग्य हुने उल्लेख छ । तर, न्यायका लागि अदालतमा मुद्दा दर्ता गराउंदैमा  उम्मेदवार वन्ने अधिकारमा वन्देज लगाउन प्रचलित कानुनले नमिल्ने आधार दिईएको थियो । 
 
निर्वाचन समितिले लम्साललाई उजुरीका वारेमा जानकारी दिदैं आफ्नो भनाई राख्न भनेको थियो । यसको उत्तरमा लम्सालले दोहोरो अर्थ लाग्ने गरी जवाफ पठाएका थिए । 
लम्सालले दिएको जवाफमा आफु संस्थाको आजिवन सदस्य भएकाले उम्मेदवार हुन पाउने अधिकार भएको र निर्वाचन समितिले पनि विधान अनुसार काम गर्नु पर्ने उल्लेख गरेका थिए । लम्सालको दोहोरो जवाफले उनले उम्मेदवारी दिनुको नियत माथि पनि प्रश्न उठेको छ । 
 
यो विषय पेचिलो वनेपछि निर्वाचन समितिले एनआरएनए अमेरिकाको तर्फवाट मुद्दा हेरिरहेका संस्थाका वकिलसंग यस बिषयमा परामर्श मागेको छ । ती वकिलले मुद्दा दायर गर्ने लम्साल पक्षका वकिलसंग पनि छलफल गरेको वताईएको छ । 
 
यो कानुनी विषय भएको छ अव वकिलले दिने राय सुझावकै आधारमा हामीले निर्णय गर्छौ निर्वाचन समितिका सदस्यले भने । वकिलको सुझाव आएपछि शुक्रवार सांझ उम्मेदवारको अर्को सुची सार्वजनिक गर्ने तयारी भईरहेको छ । 
 
एनआरएनए अमेरिकाका वोर्ड सदश्य समेत रहेका केसीले किन लम्साल माथि उजुरी गरे भन्ने प्रश्न पनि उठेको छ । यो योजनावद्ध रुपमा नियतवश विवाद  सृजना गरिएको हो कि भन्ने शंकापनि उठान भईरहेको छ ।

विकल ढकाल

शेयर गर्नुहोस:

5.2k
Shares