मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप ३३२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ३३२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३२ कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार छ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।       
 
नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार १००  पुगेको छ । त्यस्तै पछिल्लो समय थप ७९ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६०८ रहेको छ । निको हुने दर भने ९८ प्रतिशत रहेको छ । 
 
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४५४ रहेको छ । उनीहरुमध्ये ७७ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य  आइशोलेशनमा रहेका छन् ।  
 
हालसम्म नेपालमा २३ लाख दुई हजार १७३ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । रासस
 

शेयर गर्नुहोस:

27
Shares