मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘प्रधानमन्त्रीको कुर्सी मोहले राजनीतिक अन्योल’

‘प्रधानमन्त्रीको कुर्सी मोहले राजनीतिक अन्योल’


काठमाडौँ । नेपाली कांग्रेसका सांसद् देवेन्द्रराज कँडेलले प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको बताए । 
 
उनले भने, “सर्वोच्च अदालतको निर्णयपछि सरकारले एक खाले निकास दिनुपथ्र्यो, आफ्नो पछाडिको जनमत र संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिन कि नलिने ?”
 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद् शशी श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्त्वपूर्ण दस्तावेजसम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे किन छलफल हुन सकेन भनी प्रश्न गरे ।
 
उनले भने, “नागरिकताको विषयमा समितिलाई दोष लगाउने कामप्रति गम्भीर आफ्नो असहमति छ, सदन शोक प्रस्ताव र सामान्य प्रतिवेदन पेश गर्ने कार्यमै अल्झिरहेको छ, यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, संसद बोलाउनु भनेको सदन चलाउनु मात्रै होइन ।
 
जनता समाज पार्टीका नेता एकवाल मियाँले पथलैया– वीरगञ्ज करिडोरमा समयमै सडक निर्माण नहुँदा धुलोले वरपरका बस्तीमा समस्या परेकाले छिटो निर्माण सम्पन्न गर्ने वतावरण बनाउन सरकारको ध्यानाकर्षण गरे । उनले भने, “देशभरको शिक्षा क्षेत्रको अवस्था भद्रगोल छ, सरकारी विद्यालयका पूर्वाधार मात्र होइन पढाइएको गुणस्तर पनि खस्केको छ । विद्यार्थीको सङ्ख्याका आधारमा शिक्षकको दरबन्दीको व्यवस्था होस् ।”
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अस्थिरताले गन्तव्य अन्योल बनाएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामी कहाँ जाने भनेर हिँडेका थियौँ, कहाँ पुग्यौँ,  हामीले अस्थिरताको सामना गरिरहेका छौँ, यसमा प्रणालीको पनि दोष छ । सरकार परिवर्तन वा नयाँ निर्वाचनबाट मात्र यो समस्या समाधान हुँदैन, त्यसका लागि नयाँ सम्झौता गर्नुपर्छ ।
 
नेपाली कांग्रेसका सांसद डिला सङ्ग्रौलाले सरकार लोकतन्त्रलाई प्रहार गर्दै सर्वोसत्तावादी बाटोतर्फ अघि बढेको जिकिर गरिन् । उनले भने, “संसद्लाई बिजनेसविहीन बनाइएको छ, त्यो अवस्था अन्त्य गरियोस्, मेलम्ची खानेपानी कार्यान्वयन भएसँगै स्व कृष्णप्रसाद भट्टराईको योगदानलाई हामी सबैले स्मरण गर्नैपर्छ ।  
 
नेपाली कांग्रेसका उमा रेग्मीले काठमाडौँवासीको खानी पानीको चाहना र स्व कृष्णप्रसाद भट्टराईको योगदानको स्मरण गरिन् । रासस 

शेयर गर्नुहोस:

81
Shares