मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्यानमारका सैनिक नेतृत्वद्वारा प्रजातन्त्र पुनःस्थापित गर्ने प्रतिबद्धता

म्यानमारका सैनिक नेतृत्वद्वारा प्रजातन्त्र पुनःस्थापित गर्ने प्रतिबद्धता


न्यपित । म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
 
म्यानमारमा सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित प्रतिनिधिहरूलाई सैनिक नियन्त्रणमा लिई म्यानमारको शासनशक्ति हातमा लिएको थियो । त्यसयता म्यानमारमा सैनिक कू को विरोधमा प्रदर्शन हुँदै आएको छ । यो अवधिमा दर्जनौँ प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।
 
सैनिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सैनिक जनरल मिनले म्यानमारमा छिट्टै धाँधलीरहित निर्वाचन हुने र निर्वाचित सरकारलाई सरकारको नेतृत्व अस्तान्तरण गर्न आफू इच्छुक रहेको उनले बताएका छन् । उक्त अवसरमा सैनिक नेताले निर्वाचन कहिले गर्ने बताएका छैनन् ।  
 
प्रदर्शनको दबाबमा आएको सेनाले प्रजातन्त्र पुनस्थापित गर्ने वाचा गरे पनि दमन भने जारी राखेको म्यानमारको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडीका) नेताहरूले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा प्रशारित सामग्रीमा सैनिक नेता मिनले शुक्रबार प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने बताएका थिए ।  
 
सैनिक कू को विरोधमा हुँदै आएको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तीमा ३२० जनाको ज्यान गएको छ । टेलिभिजन सम्बोधनमा सेना प्रमुख मिनले प्रजातन्त्र पुनःस्थापनाका लागि सम्पूर्ण देशबासीसँग हात मिलाउन चाहेको बताए । 
 
माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको भन्दै उनले अनावश्यक हिंसात्मक गतिविधिलाई रोक्न निर्देशन गरेका थिए । सिन्ह्वा