मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ज्येष्ठ नागरिकको स्वास्थ्यमा सरकारले ध्यान दिनुपर्ने

ज्येष्ठ नागरिकको स्वास्थ्यमा सरकारले ध्यान दिनुपर्ने


काठमाडौँ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवादेखि वीमासम्मको काम नीतिमै समावेश गर्नुपर्ने धारणा सहभागीले राखेका छन् । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका बारेमा प्रदेशस्तरीय नीति तथा सम्वाद कार्यक्रममा उनीहरुले पहुँचका आधारमा नभएर नीति र नियमका आधारमा स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकले सेवा सुविधा प्राप्त गर्न कुनै कमी आउन नहुने धारणा राखेका थिए । 
 
आजका युवा भोलिका ज्येष्ठ नागरिक बन्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याउँदै सहभागीले कुनै पनि बहानामा अस्पतालमा ज्येष्ठ नागरिकको रेखदेख एवं उपचारमा कमी आउन नहुने कुरामा जोड दिए । 
 
ज्येष्ठ नागरिक पनि राज्यका महत्त्वपूर्ण अङ्ग भएकाले उपचार एवं स्याहारमा सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।
 
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डा सङ्गीता श्रेष्ठले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था र नीतिगत तथा डा रमेश कँडेलले बुढ्यौली जीवनका बारेमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । 
 
मन्त्रालयका नर्सिङ सामाजिक सुरक्षा महाशाखाका प्रमुख डा सुरेन्द्र चौरासियाले राज्यले ज्येष्ठ नागरिकका हकमा धेरै काम गरिसकेको उल्लेख गर्दै अझ पनि यसलाई व्यवस्थित गर्न ऐनमा सुधार गर्न लागेकाले सुझावलाई सरकारले ग्राहयता दिने बताए । 
 
कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले अस्पतालमा ज्येष्ठ नागरिकलाई अलग्गै राखेर उपचार गर्ने प्रबन्ध भइनसेको र आगामी दिनमा यस्तो कमजोरीलाई हटाउन अस्पताल प्रशासनले गम्भीर छलफल गरिरहेको जानकारी दिए ।
 
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहत्ताले ज्येष्ठ नागरिकको सम्मानमा घर परिवारबाट पनि उत्तिकै ध्यान पुग्नुपर्ने जनाउँदै ज्येष्ठ नागरिक काम नलाग्ने भनेर सन्तानले वृद्धाश्रममा लगेर राख्न नहुने धारणा राखे ।
 
कार्यक्रममा उपभोक्ता अधिकारवादी उत्तम ढुङ्गेल, संयुक्त टोल सङ्गठनका राजेश मास्के, रतुवामाईका उपप्रमुख दयन्तदेवी चुडाल, मिक्लाजुङ गाउँपालिका अधिकृत चिन्तामणि पोखरेलले ज्येष्ठ नागरिकप्रतिको सम्मान एवं आदर बढाउन विद्यालय शिक्षामा नैतिक शिक्षा समावेश गर्नुपर्ने धारणा राखे । उनले ज्येष्ठ नागरिकलाई हेला होइन अभिभावक ठानेर उनीहरुको ज्ञान ग्रहण गर्नुपर्ने धारणा राखे ।
 

शेयर गर्नुहोस:

162
Shares