मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु


नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । 
 
सोही अवधिमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।
 
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोडभन्दा बढीले खोप लगाइसकेका छन् ।
 
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

135
Shares