मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी

फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी


हेल्सिन्की । फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो । 
 
संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत वर्ष विश्वभरि नै कोरोनाभाइरसको महामारी फैलिए पनि फिनल्याण्डका नागरिकको खुसीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।
 
एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुसी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्वीट्जरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।
 
सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्यूजील्याण्डबाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजील्याण्ड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्बरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौँ क्रममा परेको छ ।
 
विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुसीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् । एएनआई 

शेयर गर्नुहोस:

108
Shares