मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु


साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । 
 
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।
 
योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ । 
 
ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ । 
 
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो । सिन्ह्वा रासस     
 

शेयर गर्नुहोस:

0
Shares