मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

देशभर १०५ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु

देशभर १०५ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु


काठमाडौँ । शुक्रबार थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ । थप दुई हजार ७९९ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ८८ हजार ३७२ जना पुगेको छ ।     
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६७ हजार ६५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर २७२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ । हाल देशभर दुई हजार १०८ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९२ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६४ सङ्क्रमित आईसीयूमा तथा १३ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।    
 
पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश नं १ को झापामा एक, तेह्रथुममा एक, मोरङमा एक र सुनसरीमा एक, प्रदेश नं २ को रौतहटमा एक, वाग्मती प्रदेशको काठमाडौँमा ४३, काभ्रेपलाञ्चोकमा एक, चितवनमा पाँच, धादिङमा एक, भक्तपुरमा तीन र ललितपुरमा १२, गण्डकी प्रदेशको कास्कीमा नौ, नवलपरासीपूर्वमा एक र लमजुङमा एक, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा दुई, कपिलवस्तुमा एक, गुल्मीमा एक, दाङमा सात, पाल्पामा तीन, प्युठानमा एक, बर्दियामा दुई र रुपन्देहीमा चार कर्णाली प्रदेशको सुर्खेतमा एक तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एक र कैलालीमा दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार २३ पुगेको मन्त्रालयले जनाएको छ ।      
 

शेयर गर्नुहोस:

135
Shares