मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आङ सान सुकीको रिहा एवं प्रजातन्त्र पुनःस्थापना गर्न जापानको आग्रह

आङ सान सुकीको रिहा एवं प्रजातन्त्र पुनःस्थापना गर्न जापानको आग्रह


टोकियो । जापानले सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ ।  
 
जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा लोकतान्त्रिक राजनीतिक प्रणाली छिटो पुनःस्थापना गर्न आग्रह गरेको बताइएको छ । 
 
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रियालाई पूर्ण रुपमा समर्थन गर्दै आएको र म्यान्मार पुनः पछाडि फर्केको यस कार्यको विरोध गरेको जनाइएको छ ।
 
टोकियोमा सयौँ प्रदर्शनकारीहरुले संयुक्त राष्ट्र युनिभर्सिटीबाहिर प्रदर्शन गर्दै सोमबार सेनाले नियन्त्रणमा लिएको आङ सान सुकीको रिहाइको लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत आग्रह गरेको छ ।  
 
म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकीसहित देशका सबैजसो वरिष्ठ राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जनाएको छ । 
 
जापानले लामो समयदेखि म्यान्मारसँग न्यानो सम्बन्ध राख्दै आएको र पर्याप्त सहायता र निजी लगानी गर्दै आएको छ । एजेन्सी

शेयर गर्नुहोस:

1.2k
Shares