मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कांग्रेस नेता महरद्वारा म्यानमार घटनाको निन्दा

कांग्रेस नेता महरद्वारा म्यानमार घटनाको निन्दा


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूकीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको घटना निन्दनीय भएको बताएका छन् ।
 
स्कुल अफ डेमोक्रेसीद्वारा आयोजित कार्यक्रममा नेता महरले, ‘‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत आम जनतासमेत संघर्षरत रहेकै बेला म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक रहेको बताए ।
 
विश्वको प्रजातान्त्रिक प्रणालीलाई अतिवादको बाछिटामार्फत तहसनहस पार्न भइरहेका सबैखाले घटना र परिघटनाको विरोधमा भएकासमेत नेता महरले उल्लेख गरे ।
 
उनले लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो संघर्ष अविचलित र थकितरहित रहने बताए । सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमारको सेनाले सूकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares