मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी


बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार शनिबारमात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् ।
 
तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो । चीनको नेसनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबारमात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।
 
यहाँका स्थानीय नागरिकहरुबाटै ती व्यक्ति सङक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिइएको जनाइएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।
 
शनिबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हुबेइ प्रान्तका धेरै नागरिक रहेका पाइएका हुन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ । चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताइएको छ ।
 
सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो । उता बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् ।
 
उनीहरुले त्यहाँ नयाँ प्रजातिका सङ्क्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् । बेलायतबाटै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
 
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ । सिन्ह्वा
 

शेयर गर्नुहोस:

189
Shares