मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

हिमपातले हिल्सा नाका आवतजावत बन्द

हिमपातले हिल्सा नाका आवतजावत बन्द


सिमकोट । आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । 
 
नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ ।
 
आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा (बिओपी) का इन्चार्ज सुरज केसीले जानकारी दिए । 
 
शनिबारसम्म छ हजार ६०० मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको सीमा सुरक्षा चौकी (बिओपी)का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक केसीले जानकारी दिए । मानिस पैदल हिँड्न पनि सक्ने अवस्था छैन । 
 
हिल्सामा (बिओपी) मा २० सशस्त्र प्रहरी र अन्य होटल कुरुवा बस्दै आएका छन् । हिल्सामा यसअघि चिसो बढेर तापक्रम माइनस नौ डिग्रीसम्म पुग्ने गरेकामा अहिले त्यो बढेर माइनस १४ डिग्रीसम्म पुगेको उनले बताए । हिल्सामा रहँदै आएका सुरक्षाकर्मी र अन्य मानिस घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । 
 
टोलीलाई गस्ती गर्न पनि समस्या उत्पन्न भएको छ । सबैजना घरभित्र आगो तापेर बसिरहेको केसीले बताए । हिमपात भइरहेका कारण सोलारले काम नगर्दा बत्ती पनि बन्द रहेको उनले जानकारी दिए ।

शेयर गर्नुहोस:

81
Shares