मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर ओर्लंदै, आज यस वर्षकै चिसो महसुस

काठमाडौँको तापक्रम शून्य डिग्रीतिर ओर्लंदै, आज यस वर्षकै चिसो महसुस


काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्रीमा झरेको छ ।  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौँ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । “उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै  छ”, मौसमविद् प्रधानाङ्गले भने । 
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ । 
 

शेयर गर्नुहोस:

378
Shares