मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानमा संकटकाल लगाउन आवश्यक छैन : प्रधानमन्त्री सुगा

जापानमा संकटकाल लगाउन आवश्यक छैन : प्रधानमन्त्री सुगा


टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् । 

कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन् । 

Advertisement

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढिरहेका बेला उनले यस्तो बताउनुलाई महत्त्वका साथ लिइएको छ । 

वर्ष सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उनले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफूलाई अब संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिए । 

उनीहरुको सुझावकै कारणले अहिले आफू संकटकाल घोषणा गर्ने तयारीमा नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पारे । उनले क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा जापानमा रहेकाहरुले शान्तिपूर्वक र सतर्कतापूर्वक मनाउने विश्वास पनि व्यक्त गरे । 

घरभित्र पारिवारिक जमघटबाहेक अन्य सार्वजनिक स्थलमा भीडभाड उनीहरुले नगर्ने अपेक्षा पनि प्रधानमन्त्री सुगाले व्यक्त गरेका छन् । 

“कृपया भेटघाट र भीडभाडलाई नियन्त्रण गर्नुहोला, त्यस्तोमा सकेसम्म संलग्न नहुनु होला, त्यति गर्नासाथ कोरोनाभाइरसको महामारी धेरै कम हुन्छ,” उनले भने ।   

प्रतिबन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरु खोल्न अनुमति दिइएको छ ।  

राजधानी टोकियोमा मात्रै दैनिक नौ सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन् । शुक्रबार अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित देखिएका छन् । 

जापानका कोरोनाभाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन् । तीमध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घन्टामा थपिएका हुन् । एजेन्सी 

शेयर गर्नुहोस:

378
Shares