मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने


काठमाडौँ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध यही पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिका आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताए । उनले भो ‘आजको बैठकको सुरुमै पार्टीका सभापति शेरबहादुर देउवाले पुष १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गर्नुभई बैठकले निर्णय गरिसकेको छ ।’

Advertisement

कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्षसहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए । यस्तै पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चारमाध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले स्पष्ट पारे ।  

व्यक्तिगत रुपमा कुनै पनि नेताले आफ्नो विचार राख्नु भए पनि पार्टीले संसद विघटनको विरुद्धमा निर्णय गरिसकेको उनले बताए । पार्टीमा धेरै किसिमका धारणा आउने र तीनै धारणाहरुको बीचबाट उपयुक्त धारणा निर्माण गर्ने पनि प्रष्ट पारे । 

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न यही पुस ७ देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते अपराह्न १ बजे पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   

पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा बिहीबार उपसभापति विमलेन्द्र निधि तथा केन्द्रीय सदस्य प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आआफ्नो धारणा राखेका थिए ।  

 

शेयर गर्नुहोस:

378
Shares