मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

संसद विघटन : सात मन्त्रीको सामूहिक राजीनामा

संसद विघटन : सात मन्त्रीको सामूहिक राजीनामा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमविरुद्ध असन्तुष्टि जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

Advertisement

नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्वमाओवादी नेताहरू लेखराज भट्ट र रामबहादुर थापा बादलले भने राजीनामा दिएका छैनन् । 

नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठक बस्नुअघि अध्यक्ष ओलीले बादलसहितका पूर्वमाओवादीको नेताहरु टोपबहादुर रायमाझी, मणि थापा र हरिबोल गजुरेलसँग छलफल गरेका थिए । 

शेयर गर्नुहोस:

0
Shares