मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सोमबार ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना डिस्चार्ज, थप १८ जनाको मृत्यु

सोमबार ८२१ जनामा कोरोना संक्रमण, ८४२ जना डिस्चार्ज, थप १८ जनाको मृत्यु


काठमाडौँ । नेपालमा सोमबार कुल ५४२३ जनाको नमुना परीक्षण गरिएकोमा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप १८ सहित १७१६ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप ८४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । जुन कुल संक्रमितको ९४.९२ प्रतिशत हो । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५७१ जना र आइसोलेसनमा १० हजार ९५५ जना रहेका छन् ।

सङ्क्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । 

शेयर गर्नुहोस:

27
Shares