मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित


टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् ।

Advertisement

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ ।

योसँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । यहाँ शनिबार टोकियोमा ६२१ ज्ना संक्रमित भेटिएका थिए । 

पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भीडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ । यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ । एजेन्सी

शेयर गर्नुहोस:

405
Shares