मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ६६ लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ६६ लाख नाघ्यो


ब्रासिलिया । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा झन धेरै बढ्दो मात्रामा देखिएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा यहाँका संक्रमितहरु बढेसँगै यहाँका संक्रमितको संख्या पनि ६६ लाखभन्दा बढी पुगेको बताइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा यहाँ संक्रमितहरुको संख्या ६६ लाख नाघेको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र २६ हजार ६६३ जना संक्रमित थपिएका छन् । 

Advertisement

यस अवधिमा यहाँका ३१३ जनाको मृत्यु पनि भएको छ । ब्राजिलमा हालसम्म भएका मृत्युहरुमा यसलाई धेरै जनाको मृत्युका रुपमा लिइएको छ । कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ यस भाइरसबाट ज्यान जानेको संख्या १ लाख ७६ हजारभन्दा बढी पुगेको छ । सो मन्त्रालयले यहाँ कोरोना भाइरसको संक्रमणबाट १ लाख ७६ हजार ९४१ जनाको मृत्यु भइसकेको जनाएको छ । यहाँका ५८ लाख जना नागरिक भने निको भएका छन् । सिन्ह्वा

 

शेयर गर्नुहोस:

0
Shares