मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतीय चर्चित कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

भारतीय चर्चित कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा


नयाँ दिल्ली । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन् ।  

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन् । 

Advertisement

“हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उनले भने । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उनले धेरै व्यक्तिसँग परामर्श गरेका थिए । “मैले पटक-पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,” उनले भनेका छन् । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गरेका छन् ।  

तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ । एएनआई

 

शेयर गर्नुहोस:

135
Shares