मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । 

यस नतिजासँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०औँ अध्यक्ष निर्वाचित हुने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्ने छन् ।

Advertisement

महासंघको चुनावी मतपरिणामअनुसार ढकालले प्रतिद्वन्द्वी किशोर प्रधानलाई १६६ मतान्तरले पराजित गरेका छन् । आइएमई ग्रुपका ढकालले ६३३ मतसहित विजयी बनेका छन् भने प्रधानले ४६६ मत प्राप्त गरे । 

३० प्रतिशत मत भार रहेको एसोसिएटमा ढकालले ५२२ र प्रधानले ३७५ मत प्राप्त गरे भने २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका छन् । 

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधान पक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन् । 

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले निर्वाचन सम्पन्न भएसँगै पक्षधरता पनि सकिएको बताएका छन् । उनले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

शेयर गर्नुहोस:

567
Shares